अमेरिकाले इजरायल पठायो ६ हजार ५०० टनको सैन्य सामाग्री
सारांश
- अमेरिकाले पछिल्लो २४ घण्टामा इजरायललाई करिब ६ हजार ५०० टन सैन्य सामग्री पठाएको छ ।
- यो सामग्री दुईवटा कार्गो जहाज र केही विमानमार्फत हाइफा र अश्दोद बन्दरगाहमा आइपुगेको हो ।
- फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता इजरायलले कुल १ लाख १५ हजार ६०० टनभन्दा बढी सैन्य सामग्री प्राप्त गरिसकेको छ ।
तेल अभिभ । इजरायलले पछिल्लो २४ घण्टामा अमेरिकाबाट पठाइएका करिब ६ हजार ५०० टन सैन्य सामग्री प्राप्त गरेको जनाएको छ ।
रक्षा मन्त्रालयका अनुसार दुईवटा कार्गाे जहाज र केही विमानमार्फत उक्त सामग्री इजरायल आइपुगेको हो । ती जहाजहरू हाइफा बन्दरगाह र अश्दोद बन्दरगाहमा अवतरण भएका थिए । ल्याइएको सामग्रीमा हजारौं हवाई र स्थल म्युनिसन, सैन्य ट्रक, जेएलटीभीजस्ता लडाइँमा प्रयोग हुने सवारीसाधन तथा अन्य उपकरणहरू समावेश छन् ।
रक्षा मन्त्रालयका महानिर्देशक अमिर बरमले यो आपूर्ति अभियान आगामी हप्ताहरूमा अझ तीव्र बनाइने बताएका छन् । उनका अनुसार सबै सामग्री देशभरका विभिन्न सैन्य आधारहरूमा पठाइसकिएको छ ।
मन्त्रालयका तथ्यांकअनुसार, इरानसँग फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता इजरायलले कुल १ लाख १५ हजार ६०० टनभन्दा बढी सैन्य सामग्री प्राप्त गरिसकेको छ, जुन ४०३ उडान र १० जहाजमार्फत ल्याइएको हो । रक्षा मन्त्री इजरायल काट्जले इजरायली रक्षा बल (आईडीएफ)लाई कुनै पनि समय र स्थानमा पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सबै साधन उपलब्ध गराउने” लक्ष्य रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण