कांग्रेसले सत्ता लिप्साका कारण नगर्नुपर्ने धेरै काम गरेको छ, धोइपखाली गर्नुछ : गगन थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले सत्ता लिप्साका कारण धेरै नगर्नुपर्ने काम गरेको र त्यसलाई धोइपखाली गर्नुपर्ने बताएका छन् ।
- उनले आगामी असोजमा हुने महाधिवेशनबाट पार्टीमा व्यापक परिवर्तन गर्ने बताए ।
- थापाले कांग्रेस आत्मचिन्तनको क्रममा रहेको र असोजको महाधिवेशनबाट व्यापक परिवर्तन गरिने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले यसअघि सत्ता लिप्साका कारण धेरै नगर्नुपर्ने काम धेरै गरेको भन्दै त्यसलाई धोइपखाली गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् भेलामा शुक्रबार सभापति थापाले आगामी असोजमा हुने महाधिवेशनबाट पार्टीमा व्यापक परिवर्तन गर्ने बताए ।
‘कांग्रेसले विगतमा सत्ता लिप्साका कारणले धेरै नगर्नुपर्ने काम गरेको छ । त्यसलाई धोइपखाली गर्नुपर्ने छ,’ सभापति थापाले भने, ‘गर्नुपर्ने धेरै काम गरेको छैन । व्यापक समीक्षा र परिवर्तनको खाँचो छ ।’
उनले कांग्रेस आत्मचिन्तनको क्रममा रहेको बताए । ‘कांग्रेस आत्मचिन्तनको क्रममा छ । असोजमा हुने महाधिवेशनबाट व्यापक परिवर्तन गर्छाैँ,’ सभापति थापाले भने ।
उनले ट्रेड युनियन कांग्रेसलाई ट्रेड युनियनहरूले गर्ने गतिविधिको नेतृत्व लिएर अगाडि बढ्न पनि सुझाए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण