पुष्पराज स्मृति टेबलटेनिस: नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा
सारांश
- दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ नविता श्रेष्ठ, वियंका राई, इभाना थापा र योङगी पौडेल सेमिफाइनलमा पुगेका छन्।
- सेमिफाइनल खेलमा इभाना थापाले योङगी पौडेलको सामना गर्नेछिन् भने नविता श्रेष्ठले वियंका राईविरुद्ध खेल्नेछिन्।
- ललितपुर महानगरपालिका वडा नम्बर ११ को मुख्य प्रायोजनमा सञ्चालित यस प्रतियोगितामा २ सय खेलाडी सहभागी छन् र यसको पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ।
काठमाडौँ । दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकै इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेलले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। अब सेमिफाइनलमा इभानाले योङगीको सामना गर्नेछिन् भने नविताले वियंका विरुद्ध खेल्नेछिन्।
क्वाटरफाइनल खेलमा नविताले आफ्नै विभागकी सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६ र १३–११ को कठिन सेटमा पाखा लगाइन्। अर्को खेलमा वियंका राईले भक्तपुरकी दिया देउलालाई सोझो सेटमा ११–३, ११–९ र ११–९ ले पराजित गरिन्।
त्यसैगरी, इभाना थापाले भक्तपुरकी दीक्षा दाहालमाथि ११–२, ११–४ र ११–२ को सहज जित निकालिन् भने योङगी पौडेलले प्रहरीकी रविना महर्जनलाई ११–६, ७–११, ११–९ र १३–११ को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरिन्।
ललितपुर महानगरपालिका वडा नम्बर ११ को मुख्य प्रायोजन तथा खोल्चा पुखु खेलकुद उपसमितिको आयोजनामा सञ्चालित यस प्रतियोगितामा देशभरका २ सय खेलाडी सहभागी छन्। कुल ६ वटा स्पर्धा समावेश गरिएको प्रतियोगिताको पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग र स्पिन इभेन्ट्सको व्यवस्थापनमा जारी यो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ। यस प्रतियोगिताको अफिसियल बल पार्टनरको रूपमा यिन्हे डाँफे रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण