रोल्पा दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम पूर्वी रुकुम र दाङमा गरिने
शुक्रबार, १८ वैशाख २०८३, १९ : १७
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ मा भएको जिप दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव पूर्वी रुकुम र दाङमा पठाइएको छ ।
पोस्टमार्टमका लागी ११ जनाको शव पूर्वी रुकुम र ९ जनाको वश दाङतर्फ पठाइएको रोल्पाका डीएसपी वीरेन्द्र बिर विश्वकर्माले रातोपाटीलाई बताए ।
दुर्घटनामा मृत्यु भएका २० जनाको सनाखत भएको छ । बिहीबार रुकुम पूर्वबाट थवाङ गाउँपालिका स्थित जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए।
पूर्वी रुकुम घर भएका ११ जनाको शव जिल्ला अस्पताल रुकुम पूर्वमा पोस्टमार्टम गरिने डीएसपी विश्वकर्माले बताए।
दाङ घर भएका ९ जनाको शव प्रादेशिक अस्पताल दाङमा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण