लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।
लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
यसै गरि जररियामा भएको अर्को आक्रमणहरूमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।
मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ ।
हबोसमा पनि इजरायलले यस अघिनै निकासी चेतावनी जारी गरिएको थियो ।
लेवनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टा भन्दा पनि कम समयमा आक्रमण सुरु गरेको रिपोर्ट गरेको छ ।
इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घन पछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।
एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण गोली प्रहार भएको पनि रिपोर्ट गरेको छ ।
इजरायल र हेजबोल्लाह बिचको लामो युद्ध रोक्न अप्रिल –१७ मा गरिएको युद्धविरामको बावजुद इजरायलले लेबनानमा घातक आक्रमणहरू जारी राखेको जनाइएको छ ।
युद्धविरामले इजरायललाई योजनाबद्ध, आक्रमणहरू विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ ।
इजरायली सेनाले दक्षिणी सहर शामामा विस्फोट गरी यारुन सहरका “मठ मन्दिर र विद्यालय“ ध्वस्त पारेको एनएनएले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रस स्वयंसेवकहरू मिसनमा जादा आफ्नो जीवन दाउमा राखेर काम गर्नु परेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण