आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि उज्ज्वल र विपनालाई

शनिबार, १९ वैशाख २०८३, १७ : १९
शनिबार, १९ वैशाख २०८३

सारांश

  • बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले जितेका छन् ।
  • प्रतियोगितामा पुरुषतर्फ उज्ज्वलले ४० अङ्क प्राप्त गरी सुनको बल पुरस्कार पाए भने महिलातर्फ विपनाले ३७ अङ्क जोडिन् ।
  • सिनियर विधामा विजय बहादुर श्रेष्ठ विजेता बनेका थिए ।

काठमाडौँ । बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि पुरुष तर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले जितेका छन् । 

शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतिस्पर्धामा प्रधानाङ्गले ४० अङ्क प्राप्त गरे। उनले पुरस्कार स्वरूप सुनको बल प्राप्त गरे। त्यस्तै, तरुण अग्रवालले दोस्रो स्थान प्राप्त गरे । 

त्यसैगरी महिला विजेता विपना श्रेष्ठले ३७ अङ्क जोडेकी थिइन् । उपविजेता आस्था दुलालले ३४ अङ्क प्राप्त गरिन् । 

प्रतियोगिताको सिनियर विधाको रूपमा रहेको ६० वर्ष माथिको इभेन्टमा विजय बहादुर श्रेष्ठले जित हात पारे । प्रतियोगिताका विजेताहरूलाई कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा महिला र पुरुष खेलाडी गरी १०५ जनाले सहभागिता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप