रामेछापमा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी
शनिबार, १९ वैशाख २०८३, १७ : ५१
सारांश
- रामेछापको उमाकुण्ड गाउँपालिकामा एक ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४१ वर्षीय बम बहादुर दमाई पक्राउ परेका छन्।
- महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपित दमाईलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले पक्राउ परेका दमाईमाथि जबरजस्ती करणी कसुरअन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाएको छ।
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्।
उमाकुण्ड गाउँपालिका-७ बुन्देलडाँडा बस्ने माझी भन्ने बम बहादुर दमाईलाई ४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
दमाईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र स्थानीय प्रहरी युनिटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले सक्रियता देखाउँदै आरोपितलाई समातेको हो।
हाल प्रहरीले पक्राउ परेका दमाईमाथि जबरजस्ती करणी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। घटनाको सम्बन्धमा थप सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण