सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा

आइतबार, २० वैशाख २०८३, ०९ : ००
आइतबार, २० वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन्।
  • विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले सूचना सङ्कलन र सत्यको खोजी चुनौतीपूर्ण बन्दै गएको बताए।
  • उनले प्रेस स्वतन्त्रता नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि भएको र सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । 

बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको उनको ठहर छ। उनले भनेका छन्– 'कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बिच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।' 

शुभकामना सन्देशमा थापाले भनेका छन्– 'प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध होइन, यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि हो। सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप