ज्वरो नआए पनि किन तात्छ शरीर ?
सारांश
- शरीरमा ज्वरो नआइकनै तातो महसुस हुनु हर्मोनल परिवर्तन, तनाव, थाइराइड असन्तुलन वा डिहाइड्रेसन जस्ता कारणले हुन सक्छ।
- रजोनिवृत्ति, महिनावारी वा गर्भावस्थाको समयमा महिलाहरूमा हर्मोनल उतारचढावले शरीर तातो हुन सक्छ।
- शरीरलाई शीतल राख्न प्रशस्त पानी पिउने, हल्का लुगा लगाउने, मसालेदार खाना, क्याफिन र मदिराको सेवन कम गर्ने तथा ध्यान वा हल्का व्यायाम गर्ने सल्लाह दिइएको छ।
काठमाडौँ । कहिलेकाहीँ हामीलाई हाम्रो शरीर पोलिरहेको, अनुहार रातो भएको जस्तो लाग्छ । तर जब शरीरको तापक्रम जाँच्छौँ ज्वरो आएको हुँदैन ।
शरीर किन यति धेरै तातो छ ? के यो सामान्य हो ? यस्तो प्रश्नहरू मनमा उठ्नु स्वाभाविक हो । यो कुनै रोगको कारणले गर्दा भएको हुँदैन । बरु शरीर भित्र हुने साना परिवर्तनले गर्दा हुन्छ ।
हर्माेनल परिवर्तनहरू:
हर्माेनले हाम्रो शरीरमा धेरै असर गर्छ । यदि हर्माेनमा उतारचढावहरू भइरहेका छन् भने, शरीर चाँडै तातो हुन सक्छ । यो समस्या रजोनिवृत्ति, महिनावारी वा गर्भावस्थाको समयमा महिलाहरूमा देख्न सकिन्छ । तनाव वा हर्मोनमा असन्तुलनले पनि कम उमेरमा यो समस्या निम्त्याउन सक्छ ।
तनाव:
जब हामी तनावमा हुन्छौँ, शरीरले तनाव हर्माेन निकाल्छ । यति बेला मुटु छिटो छिटो धड्किन्छ, अनुहार रातो हुन्छ । शरीरमा गर्मी र बेचैनी महसुस हुन्छ । आफूलाई स्वास्थ्य राख्न तनाव र चिन्ता कम गर्नु जरुरी छ ।
थाइराइड असन्तुलनः
थाइराइड अत्यधिक सक्रिय छ भने चिसो मौसममा पनि शरीर तातो महसुस हुन सक्छ । यसले अत्यधिक पसिना आउने, निद्रा नलाग्ने र घबराहट जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।
डिहाइड्रेसनः जब शरीरमा पानीको कमी हुन्छ, शरीरले पसिना बनाएर आफूलाई शीतल बनाउन सक्दैन, जसले भित्रैबाट गर्मी, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या भोग्नु पर्ने हुन सक्छ ।
के गर्ने ?
- प्रशस्त पानी पिउनुहोस् ।
- हल्का र खुकुलो लुगा लगाउनुहोस् ।
- मसलादार खाना, क्याफिन र मदिराको सेवन कम गर्नुहोस् ।
- ध्यान गर्नुहोस् वा हल्का हिँडडुल गर्नुहोस् ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण