अमेरिकी ‘साइबर खतरा’को आरोप कपोकल्पित: उत्तर कोरिया
सारांश
- उत्तर कोरियाले आफूविरुद्ध लगाइएका अमेरिकी ‘साइबर खतरा’ सम्बन्धी आरोपहरूलाई अस्वीकार गर्दै ती बनावटी र कपोकल्पित भएको दाबी गरेको छ ।
- उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले अस्तित्वमै नभएको साइबर खतराको गलत प्रचार गरेर आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न खोजेको र यसलाई देशको छवि बिगार्ने बदनाम अभियान भनेका छन् ।
- अमेरिकाले लामो समयदेखि उत्तर कोरियामाथि राज्य-समर्थित साइबर गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ, जसमा ह्याकिङ, क्रिप्टोकरेन्सी चोरी र विदेशमा रहेका आईटी कामदारहरूको नेटवर्कमार्फत आम्दानी जुटाएर हतियार कार्यक्रमलाई सहयोग गर्ने कार्य समावेश छ ।
प्योङयाङ । उत्तर कोरियाले आफूविरुद्ध लगाइएका अमेरिकी ‘साइबर खतरा’ सम्बन्धी आरोपहरूलाई अस्वीकार गरेको छ । ती आरोप बनावटी र कपोकल्पित भएको दाबी गरेको छ ।
केसीएनएका अनुसार आइतबार उत्तर कोरियाको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । अमेरिकाले अस्तित्वमै नभएको साइबर खतराको गलत प्रचार गरेर आफ्ना राजनीतिक उद्देश्य पूरा गर्न खोजेको आरोप मन्त्रालयका प्रवक्ताले लगाए । उनले यसलाई देशको छवि बिगार्ने हास्यास्पद बदनाम अभियान भने ।
आफ्ना राष्ट्रिय हितको रक्षा गर्न तथा साइबर क्षेत्रमा नागरिकहरूको अधिकार जोगाउन उत्तर कोरियाले आवश्यक सबै कदम चाल्ने चेतावनी प्रवक्ताले दिएका छन । अमेरिकी अधिकारीहरूले भने लामो समयदेखि उत्तर कोरियामाथि राज्य(समर्थित साइबर गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन ।
ती गतिविधिमा ह्याकिङ, क्रिप्टोकरेन्सी चोरी तथा विदेशमा रहेका आईटी कामदारहरूको नेटवर्कमार्फत आम्दानी जुटाएर हतियार कार्यक्रमलाई सहयोग गर्ने कार्य समावेश रहेको बताइएको छ ।
मार्च महिनामा अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियाली आईटी नेटवर्कसँग सम्बन्धित ६ जना व्यक्ति र २ संस्थामाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाका अनुसार ती व्यक्तिहरूले डिजिटल सम्पत्तिमार्फत अवैध आम्दानी प्रवाह गर्न सहयोग गरेका थिए र यस्तो गतिविधि अझै जारी छ ।
यसअघि जुलाईमा पनि अमेरिकी विदेश मन्त्रालय र अर्थ मन्त्रालयले उत्तर कोरियाली साइबर अपरेटर र उनीहरूलाई सहयोग गर्ने विदेशी व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएका थिए ।
अमेरिकाको दाबीअनुसार उत्तर कोरियाले हजारौँ आईटी कामदारहरू विदेशमा परिचालन गरी साइबर चोरीमार्फत मिसाइल र आणविक कार्यक्रमका लागि स्रोत जुटाउँदै आएको छ । यसैबीच एफबीआई र अमेरिकी न्याय मन्त्रालयले पनि उत्तर कोरियाली साइबर समूहहरू विश्वभरका सरकार, व्यवसाय र महत्वपूर्ण पूर्वाधारका लागि निरन्तर खतरा रहेको चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण