सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आइतबार, २० वैशाख २०८३, १३ : ३५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन् ।
- पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
- आजै बस्ने पार्टी सचिवालय बैठकमा स्थानीय तह उम्मेदवार छनोट, महाधिवेशन कार्यविधि, संसदीय दलको विधान संशोधन र समसामयिक विषयमा छलफल हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
आइतबार नै पार्टी सचिवालय बैठक बस्दैछ । पार्टी सभापति लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण