छुटेका सुकुमबासीलाई दशरथ रङ्गशालामा गएर तत्काल नाम टिपाउन आह्वान
काठमाडौँ। शहरी विकास मन्त्रालयले सुकुमबासी बस्तीबाट विस्थापित भई नाम टिपाउन छुटेका नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।
शहरी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियामा छुट्न गएका, सहायता आवश्यक परेका र हाल सडकमा अलपत्र परेका नागरिकहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
अहिले त्यस्ता नागरिकका लागि दशरथ रङ्गशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको छ। वास्तविक भूमिहीन तथा आर्थिक अभावका कारण आफैँ वासस्थानको व्यवस्थापन गर्न नसक्नेहरूले त्यहाँ गई नाम टिपाउनसक्ने जनाइएको छ ।
केन्द्रमा उपस्थित हुने वास्तविक भूमिहीन नागरिकहरूको सरकारले डिजिटल लगत सङ्कलन गरिरहेको र यस्ता नागरिकहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थित गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले होल्डिङ सेन्टरमा नागरिकका लागि आवश्यक सम्पूर्ण आधारभूत सुविधाहरूको व्यवस्था गरिएको जनाएको छ।
उक्त सेन्टरमा सुरक्षित आवास, भोजन, स्वास्थ्य सेवाका साथै बालबालिकाको शिक्षा र मनोवैज्ञानिक परामर्श लगायतका सेवाहरू निःशुल्क उपलब्ध गराएको दाबी समेत मन्त्रालयको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण