विश्वकप लिग-२ : दर्शक कम भएपछि टिकट मूल्य परिवर्तन
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका खेलहरूको टिकट मूल्यमा क्यानले छुट दिने निर्णय गरेको छ।
- ओमानविरुद्धको खेल र आगामी मे १२, २०२६ देखि सञ्चालन हुने त्रिदेशीय शृङ्खलाका सम्पूर्ण खेलहरूको टिकट मूल्य २०० रुपैयाँ कायम गरिएको छ।
- दर्शक संख्या बढाउन र नेपाली टोलीलाई समर्थकको साथ दिलाउन सर्वसुलभ मूल्यमा टिकट उपलब्ध गराइएको हो।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका खेलहरूको टिकट मूल्यमा छुट दिने निर्णय गरेको छ।
क्यानले भोलि हुने नेपाल र ओमानबिचको खेलका लागि टिकट मूल्य मात्र २०० रुपैयाँ कायम गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ओमानविरुद्धको खेल मात्र नभई आगामी मे १२, २०२६ देखि सञ्चालन हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खलाका सम्पूर्ण खेलहरूको टिकट मूल्य पनि २०० रुपैयाँ नै रहनेछ।
यसअघि टिकटको मूल्य बढी हुँदा र नेपाली टोलीको प्रदर्शनमा देखिएको उतारचढावका कारण मैदानमा दर्शकको उपस्थिति केही कम देखिएको थियो।
घरेलु मैदानमा भइरहेको यो महत्त्वपूर्ण शृङ्खलामा नेपाली टोलीलाई समर्थकको ठूलो साथ मिलोस् भन्ने उद्देश्यले क्यानले सर्वसुलभ मूल्यमा टिकट उपलब्ध गराएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण