मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

सोमबार, २१ वैशाख २०८३, १२ : २८
सोमबार, २१ वैशाख २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले बोलाएको समसामयिक विषयमा छलफल गर्ने बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ ।
  • सिंहदरबारमा सोमबार बसेको बैठकमा सत्ता पक्ष र विपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाइएको थियो ।
  • प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ । सोमबार सिंहदरबारमा जारी बैठकमा सो पार्टी अनुपस्थित भएको हो ।  

सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका छन् ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप