नक्कली सुकुमबासीको पहिचान गरेर कारबाही गर्न हर्क साम्पाङको माग
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
- थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर उनले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीनलाई समस्या भएको बताए।
- साम्पाङले सरकारी जग्गा भाडामा लगाउनेलाई कारबाही र वास्तविक पीडितलाई उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् ।
सोमबार थापाथलीस्थित सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर साम्पाङले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सकुमबासीलाई समस्या भएको भन्दै नक्कली सुकुम्वासीलाई कारबाही गर्न माग गरेका हुन् ।
सुकुमबासी बनेर सरकारी जग्गा भाडामा लगाउनेलाई कारबाही र वास्तविक पीडितलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
उनले बस्ती भत्काउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा, पहिचान नगरी एक्कासि डोजर लगाउँदा वास्तविक पीडित थप समस्यामा परेको धारणा राखे । गरिब जनतालाई विस्थापित गर्ने काम सरकारले गर्न नहुने भन्दै उनले उनीहरूलाई सहज जीवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले नागरिकको अधिकारलाई ख्याल राख्दै आगामी दिनमा उचित कदम चाल्न सरकारलाई सुझाव समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण