पोखराको भाट–भटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा (तस्बिरहरु)
सारांश
- पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
- स्टोर दैनिक रूपमा बिहान १०ः०० बजे खुल्नेछ र नियमित सेवा प्रदान गरिनेछ।
- व्यवस्थापनले ग्राहक, शुभेच्छुक र सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ, सहयोग र विश्वास रहने अपेक्षा राखेको छ।
पोखरा । पोखरास्थित भाट–भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। मीनबहादुर गुरुङ नेतृत्वको भाटभटेनीले आफ्ना ग्राहकहरूका लागि नियमित सेवा सुरु गरेको जानकारी गराउँदै आजैदेखि यहाँ व्यापारिक गतिविधि अगाडि बढाएको हो।
_rV3TrJ4XTi.jpg)
भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलका अनुसार स्टोर आजदेखि दैनिक रूपमा बिहान १०ः ०० बजे खुल्नेछ भने नियमित रूपमा सेवा प्रदान हुनेछ । उनले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउन स्टोर प्रतिबद्ध रहेको बताए ।
_vtGh7WxOpu.jpg)
लामो समयको अन्तरालपछि स्टोर पुनः सञ्चालनमा आएको अवसरमा व्यवस्थापनले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूमा आभार व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि ग्राहकहरूको निरन्तर साथ, सहयोग र विश्वास रहने अपेक्षा स्टोरले राखेको छ।
_G8M5om0b3v.jpg)
गुणस्तरीय सामान र उत्कृष्ट सपिङ अनुभवका लागि परिचित भाटभटेनीको पुनरागमनले पोखरेली ग्राहकहरूलाई थप सहज हुने विश्वास लिइएको छ।
_7ijsFdFlMY.jpg)
_573Trqt8XJ.jpg)
_p7N24Yzgaq.jpg)
_vjfTgutP7V.jpg)
_AHJU6gFZCf.jpg)
_yy04krfwUS.jpg)
_aGbIn9W7xC.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण