जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लियो
सारांश
- डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।
- सोमबार बसेको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो ।
- जनमत पार्टीले सरकारले दलहरुको समन्वयमा काम नगरेको, विकास निर्माणका कामहरु अगाडि नबढाएको र नीति तथा कार्यक्रम अनुसार काम गर्न नसकेको आरोप लगाएको छ ।
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । सोमबार सो पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो ।
आज बसेको मधेस प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । जनमत पार्टीले कांग्रेस नेतृत्वमा रहेको सरकारले दलहरुको समन्वयमा काम नगरेको, सरकारले लिएको लक्ष्य अनुसार विकास निर्माणका कामहरु अगाडि नबढाएको, नीति तथा कार्यक्रम अनुसार काम गर्न नसकेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको हो।
स्रोतका अनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।
कांग्रेसको नेतृत्वमा बनेको सरकारमा जसपा नेपाल, जनमत पार्टीका साथै नेकपा पनि रहेको छ । जसपा नेपाल र जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ ।
त्यसलगत्तै अर्को दलको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । स्रोतका अनुसार मधेसवादी दलहरूले एमालेसँग मिलेर सरकार बनाउने आन्तरिक तयारी गरिरहेका छन् । । तर एमालेले कांग्रेसलाई साथ दियो भने कुनै दलको आवश्यकता पर्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण