आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

घर फर्किए हिरोहरु (फोटोफिचर)

सोमबार, २१ साउन २०७५, १० : १२
सोमबार, २१ साउन २०७५

काठमाडौँ । नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ ।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो ।

रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा  १ रनको जीत हासिल गर्न सफल रहेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनायो ।

जीतका लागि २ सय १७ रनको लक्ष्य पाएको नेदरल्याण्डले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र २१५ रन बनायो ।

अन्तिम बलमा जीतका लागि २ रन आवश्यक भएको अवस्थामा फ्रेड क्लासनलाई कप्तान पारसले रनआउट गरेपछि नेपालले नयाँ इतिहास रच्न सफल भयो ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्यानहरु नेपाली क्रिकेटका हिरोहरुसँग फोटो खिचाउन व्यस्त देखिन्थे ।

हेरौँ केही तस्विर


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप