बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एकसाथ ‘रेनी’को गीत र ट्रेलर सार्वजनिक

सोमबार, २१ साउन २०७५, ११ : १९
सोमबार, २१ साउन २०७५

काठमाडौैं – त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र ‘रेनी’ले ट्रेलर र ’मलाई नाइँ नाइँ’ बोलको गीत एकसाथ सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएको हो । 
८ भदौ देखि प्रदर्शनमा आउँने चलचित्र बिमला मल्ल र संजीव मल्लले निर्माण गरेका हुन् । गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दीपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । 
पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् । गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारी लगायतका कलाकारले अभिनय देख्न सकिन्छ । 
कार्यक्रममा निर्मात्री बिमलाले आफू चलचित्र क्षेत्रमा नयाँं भए तापनि परिपक्क काम गरेको बताइन् । 
नवअभिनेत्री सनमले ‘रेनी’मा मायाप्रेम, हासो, रोदन, द्धन्द्धका साथमा सामाजीक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् । उनले आफू नयाँ भएकाले सबैको माया र साथले नै अघि बढ्न हौसला मिल्ने बताइन् । 
अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउदै आमदर्शकले फिल्म सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले रेनी आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे । 
शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको चलचित्रका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । चलचित्र राजु किराँतीले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप