विज्ञापन नछापी भुक्तानी लिने खानेपानीका डिभिजन प्रमुखसहित तीन जनालाई जेल सजाय, एक जनाले पाए सफाइ
काठमाडौँ । विज्ञापन नै नछापी पत्रिकामा सूचना प्रकाशित भएको भनी सरकारी रकम भुक्तानी लिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाराका तत्कालीन डिभिजन प्रमुखसहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार उक्त फैसला सुनाएको हो । अदालतले डिभिजन प्रमुख किशोरी प्रसाद यादव, सान्दर्भिक मिडिया नेटवर्कका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोष राज खरेललाई जनही ३ महिना कैद र ७९ हजार १४२ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको छ ।
अदालतले बिगो बमोजिमको बाँकी रकम राजस्वमा दाखिला गर्न र अपराध पीडित संरक्षण ऐन बमोजिम थप क्षतिपूर्ति शुल्क समेत कोषमा जम्मा गर्न आदेश दिएको छ ।
साथै उक्त मुद्दामा प्रतिवादी बनाइएका प्रदीप दासले भने सफाइ पाएका छन् । कार्यालय प्रमुखको आदेश बमोजिम काम गरेको र अन्य प्रतिवादीहरूसँगको मिलेमतो पुष्टि हुन नसकेको आधारमा उनलाई अदालतले निर्दोष ठहर गरेको हो।
के थियो घटना ?
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बाराका प्रमुख किशोरी प्रसाद यादवले २०७९ साल फागुन १८ गते बोलपत्र आह्वानको सूचना प्रकाशित गर्न सान्दर्भिक मिडिया नेटवर्कलाई पत्राचार गरेका थिए ।
सोही आधारमा ’प्रभाव दैनिक’ को २०७९ फागुन २१ गतेको अङ्कमा सूचना प्रकाशित भएको झुठो विवरण पेस गरी ३ लाख १६ हजार ५ सय ७० रुपैयाँ भुक्तानी लिइएको थियो ।
तर, अनुसन्धानका क्रममा प्रभाव पब्लिकेसनका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीले सो मितिको अङ्कमा त्यस्तो कुनै सूचना प्रकाशित नभएको बयान दिएका थिए । प्रेस काउन्सिल नेपालको अभिलेखमा पनि उक्त मितिको अङ्कमा सूचना फेला नपरेपछि उनीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति हानि नोक्सानी गरेको पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण