यी हुन् महासङ्घको एशोसिएट्सतर्फ निर्वाचित १७ कार्यकारिणी सदस्य
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
- कुल ३३ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत सचिन ढकालले १ हजार ३९८ मत प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् ।
- निर्वाचित १७ सदस्यहरूमध्ये सबैभन्दा कम मत बबु लामिछानेले ८६० मत प्राप्त गरेका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्यको टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएको घोषणा गरिएको हो ।
१८०० भन्दा बढी एशोसिएट्स सदस्य रहेको महासङ्घमा सदस्यका लागि सबैभन्दा धेरै मत सचिन ढकालले १ हजार ३९८ मत पाएका छन् । त्यस्तै, निर्वाचितमध्ये सबैभन्दा कम बबु लामिछानेले ८६० मत पाएका छन् ।
१. सचिन ढकाल १३९८
२. हेमन्त गोल्छा १२०२
३. अम्बिका प्रसाद पौडेल ११९३
४. उज्ज्वल कुमार श्रेष्ठ ११५६
५. शक्ति कुमार बेगानी ११४२
६. ऋषि अग्रवाल ११२२
७. सुशील थापा १०९४
८. राजेश कुमार अग्रवाल १०८२
९. सुयस प्याकुरेल १०६९
१०. रामशरण भण्डारी १०४३
११. बाबु काजी कार्की १००६
१२. दिवश न्यौपाने ९९१
१३. कृष्ण लाल महर्जन ९८४
१४. शिवराज रेग्मी ९५४
१५. ईश्वर बहादुर जिसी ९४९
१६. सुरज उप्रेती ९०७
१७. बबु लामिछाने ८६०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण