सुकुमबासी बस्ती हटाउने निर्णय विरुद्धको रिटको सुनुवाइ सर्यो
बुधबार, २३ वैशाख २०८३, १७ : ३१
काठमाडौँ । सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर तीन वटा रिटको सुनुवाइ सरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौँ महानगरपालिकाले तयारी नपुगेको भन्दै समय मागेपछि सुनुवाइ सरेको हो ।
यसअघि मंगलबार पनि लगाउमा राख्ने आदेश भएको भन्दै आजका लागि मुद्दा सारिएको थियो । सुकुमवासी बस्तीसम्बन्धी ३ वटा रिट सर्वोच्चमा सुनुवाइका लागि पेसीमा चढेका थिए ।
गोपाल रन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले अलग अलग रिट दर्ता गरेका थिए । ती सबै रिटलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइ गर्न पेसी तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण