मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री बादी र राजदूत माओमिङबिच भेटवार्ता

बुधबार, २३ वैशाख २०८३, १७ : ४४
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ बिच आज द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा दुई देश बिचको मित्रता तथा सहयोग र आपसी हितका विषयमा गहन कुराकानी भएको बताइएको छ । भेटघाटपछि चिनियाँ पक्षले नेपाल र चीनबिचको ‘रणनीतिक साझेदारी’ लाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको महिला, बालबालिका मन्त्रालयले जनाएको छ।

चिनियाँ राजदूत माओमिङले भने, ‘आज मन्त्री सीता बादीज्यूसँग भेटघाट गरी भविष्यका सहयोगका क्षेत्रबारे छलफल गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। हामी नेपाल–चीन रणनीतिक साझेदारीलाई अझ अगाडि बढाउन र यसबाट दुवै देशका जनतालाई थप लाभ पुर्‍याउने गरी मिलेर काम गर्न तत्पर छौँ।’ 

उक्त भेटघाटमा विशेषगरी महिला सशक्तीकरण, बालबालिकाको कल्याण र ज्येष्ठ नागरिकको हितका क्षेत्रमा चीनले पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्भावित योजनाहरूका बारेमा पनि कुराकानी भएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप