शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रशिक्षण भेला गर्ने

बुधबार, २३ वैशाख २०८३, १८ : ०७
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को प्रथम बैठकले  सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका प्रमुख उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको  बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गर्दै मिति र स्थान तय गरेको हो । 

यस्तो छ कार्यक्रम तालिका 

सुदूरपश्चिम प्रदेश: २०८३ वैशाख २६ र २७ गते (धनगढी, कैलाली)

कर्णाली प्रदेश: २०८३ वैशाख २८ र २९ गते (लेकवेसी, सुर्खेत)

गण्डकी प्रदेश: २०८३ वैशाख ३१ र जेठ १ गते (पोखरा, कास्की)

बागमती प्रदेश: २०८३ जेठ ४ र ५ गते (धुलिखेल, काभ्रेपलाञ्चोक)

मधेस प्रदेश: २०८३ जेठ ६ र ७ गते (बर्दिबास, महोत्तरी)

कोशी प्रदेश: २०८३ जेठ ८ र ९ गते (लौकी, सुनसरी)

लुम्बिनी प्रदेश: २०८३ जेठ १४ र १५ गते (तिलोत्तमा, रुपन्देही)

मधु आचार्य उपप्रमुखमा चयन

बैठकले प्रतिष्ठानको रिक्त उपप्रमुख पदमा श्री मधु आचार्यलाई चयन गरेको छ । प्रतिष्ठानका प्रमुख शर्माले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकका निर्णयहरूबारे नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप