जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ
बिहीबार, २४ वैशाख २०८३, १० : ३२
सारांश
- जुम्लामा जबरजस्ती करणी आरोपमा पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका छन् ।
- एक २६ वर्षीया महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
- यसबारे अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सुर्खेत । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका—५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
‘घटनाबारे थप अनुसन्धान हुँदै छ,’ उनले रातोपाटीसँग भने, ‘महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् ।’
अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण