मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

पश्चिमी र स्थानीय वायुको  प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

शुक्रबार, २५ वैशाख २०८३, ०६ : १४
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
  • आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली छ।
  • कोशी, मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। 

आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी तराई भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको तथा मधेस प्रदेश लगायत बाँकी हिमाली भूभागका  एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप