शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

नयाँ प्रधान न्यायाधीश सिफारिस भएपछि बसेको सर्वोच्चको फुलकोर्टमा के भयो ?

शुक्रबार, २५ वैशाख २०८३, १२ : ०९
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सर्वोच्च अदालतको फुलकोर्ट बसेको छ ।
  • फुलकोर्ट बैठकमा उपस्थित न्यायाधीशहरूले प्रधानन्यायाधीश सिफारिसको विषयमा आ-आफ्नो धारणा राखेका छन् ।
  • बैठकका कारण आज मुद्दाको पेसी सूची तोक्न साढे दुई घण्टा ढिला भएको छ ।

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि आज बिहान सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ ।

सर्वोच्च अदालतमा आज उपस्थित सबै न्यायाधीश सम्मिलित बैठकमा न्यायाधीशहरुले प्रधान न्यायाधीश सिफारसको विषयमा आ–आफ्नो धारणा राखेका छन् । बैठकमा उपस्थित सबैजसो न्यायाधीशले संवैधानिक परिषद् बैठकको अनपेक्षित निर्णयले राम्रो सङ्केत नगरेको धारणा राखेको स्रोतले बताएको छ ।

केही न्यायाधीशले भने सिफारिसको विषयमा अल्झन नहुने तर्क राखेका छन् । स्रोतका अनुसार बैठकमा सहभागी दुई जना न्यायाधीशले भने अहिले नै हामीले धारणा बनाउन नहुने बताएका थिए । 

न्यायाधीशहरुको फुलकोर्टका कारण आज मुद्दाको पेसी सूची तोक्न साढे दुई घण्टा ढिला भएको छ । प्रधान न्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मा अदालतमा उपस्थित भए पनि उनी इजलास बसेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप