नयाँ प्रधान न्यायाधीश सिफारिस भएपछि बसेको सर्वोच्चको फुलकोर्टमा के भयो ?
सारांश
- संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सर्वोच्च अदालतको फुलकोर्ट बसेको छ ।
- फुलकोर्ट बैठकमा उपस्थित न्यायाधीशहरूले प्रधानन्यायाधीश सिफारिसको विषयमा आ-आफ्नो धारणा राखेका छन् ।
- बैठकका कारण आज मुद्दाको पेसी सूची तोक्न साढे दुई घण्टा ढिला भएको छ ।
काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि आज बिहान सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ ।
सर्वोच्च अदालतमा आज उपस्थित सबै न्यायाधीश सम्मिलित बैठकमा न्यायाधीशहरुले प्रधान न्यायाधीश सिफारसको विषयमा आ–आफ्नो धारणा राखेका छन् । बैठकमा उपस्थित सबैजसो न्यायाधीशले संवैधानिक परिषद् बैठकको अनपेक्षित निर्णयले राम्रो सङ्केत नगरेको धारणा राखेको स्रोतले बताएको छ ।
केही न्यायाधीशले भने सिफारिसको विषयमा अल्झन नहुने तर्क राखेका छन् । स्रोतका अनुसार बैठकमा सहभागी दुई जना न्यायाधीशले भने अहिले नै हामीले धारणा बनाउन नहुने बताएका थिए ।
न्यायाधीशहरुको फुलकोर्टका कारण आज मुद्दाको पेसी सूची तोक्न साढे दुई घण्टा ढिला भएको छ । प्रधान न्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मा अदालतमा उपस्थित भए पनि उनी इजलास बसेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ वर्षीया आकाङ्क्षा बनिन् रास्वपाको केन्द्रीय सदस्य
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण