मण्डला थिएटरमा ‘ग्रान्ड रिहर्सल’ मञ्चन
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटर पछिल्लो समय नाटक ‘ग्रान्ड रिहर्सल’ मञ्चन भइरहेको छ । बेलायती रंगमञ्च समूह ‘मिस्चिफ थिएटर’का हेनरी लुइस, जोनाथन सेयर र हेनरी शिल्ड्सद्वारा लिखित वैशाख ११ गतेदेखि नियमित मञ्चन सुरु भएको हो ।
नाटकलाई नेपाली परिवेशमा रङ्गकर्मी अनुप न्यौपाने र उमेश तामाङले रूपान्तरण गरेका हुन् । उमेश तामाङको निर्देशनमा रहेको नाटकमा व्यङ्ग्य प्रधान नाटक हो ।
बुद्धि तामाङ निर्माता रहेको नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, अमिर ताम्राकार, सुजन घिमिरे, श्रीशेष श्रेष्ठ, बलबहादुर राई र राजाबाबु कार्कीको अभिनय रहनेछ ।
नाटकले मञ्चमा देखिने परिपूर्णताभन्दा बाहिर, कलाकारहरूको सङ्घर्ष, गल्ती र त्यसलाई सम्हाल्ने प्रयास कलाको माध्यमबाट देखाउन खोजेको छ । जेठ ३ गतेसम्म मञ्चन हुने यो नाटकको सोमबार बाहेक हरेक साँझ ५ः ३० बजे र शनिबार दिउँसो १ः ३० बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण