रुसको तेल, ग्यासबाट हुने आम्दानीमा ३८ प्रतिशतले कमी
काठमाडाैँ । रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ।
सन् २०२६ को पहिलो चार महिनामा गत बर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आम्दानी ३८.३ प्रतिशतले घटेर करिब ३०.९५ अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
यो गिरावट मुख्य रूपमा अघिल्लो अवधिहरूमा तेलको कम मूल्यका कारण भएको मन्त्रालयले जनाएको छ । यद्यपि, यो अवधिमा गैर–तेल र ग्याँसको राजस्व १०.२ प्रतिशतले बढेर झण्डै एक खर्ब २६ अर्ब ९० करोड डलर पुगेको छ ।
मन्त्रालयले भनेको छ, “अनुकूल मूल्य अवस्थाको अवधिमा अतिरिक्त तेल र ग्याँस राजस्वको संचय, कम अनुकूल अवधिमा कमीहरू पूरा गर्न राष्ट्रिय सम्पत्ति कोषको प्रयोगको कारण ऊर्जा आयमा उतार–चढाव भएपनि बजेट प्रणालीको स्थिरता सुनिश्चित रहेको छ।”
सन् २०२६देखि सन् २०२८ सम्मको अवधिको लागि तयार पारिएको बजेट कानून अनुसार रूसले सन् २०२६ को लागि तेल र ग्याँसबाट करिब एक खर्ब २० अर्ब १० करोड डलर र गैरइन्धन राजस्वबाट करिब चार खर्ब २२ अर्ब ४० करोड डलर आर्जन गर्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण