‘मितज्यू’मा मेरो सरप्राइज छ : तेरिया मगर
सारांश
- नायिका तेरिया मगर ‘मितज्यू’ फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन् ।
- उनले फिल्ममा आफ्नो अभिनय र नृत्य दुवैबाट दर्शकलाई सरप्राइज दिने बताएकी छन् ।
- तेरियाले अध्ययनको कारणले गर्दा ‘मितज्यू’लाई डेब्यु फिल्मको रूपमा रोजेको बताइन् ।
काठमाडौँ । डान्सर तेरिया मगर फिल्म ‘मितज्यू’ बाट अभिनेत्रीकाे रूपमा डेब्यु गर्दैछिन् । फिल्म मार्फत दर्शकका लागि आफूले डबल सरप्राइज दिने उनले बताइन् ।
‘फिल्ममा म जे हो, त्यो भन्दा बिलकुल फरक चरित्रमा देखिने छु’, उनले भनिन् ‘अभिनयको साथसाथै मेरो नृत्यको पनि धमाका छ ।’ फिल्ममा आफूले निर्वाह गरेको भूमिकाबाट दर्शक छक्क पर्ने उनको दाबी छ ।
नृत्यबाट चर्चामा आएकी तेरियालाई डेब्युको अवसर अन्य केही फिल्मबाट पनि मिलेको थियो । अध्ययनको कारण ‘मितज्यू’ डेब्युका लागि जुरेको उनले बताइन् ।
‘मितज्यू’ अघि पनि मलाई केही फिल्मका अफर आएका थिए’, उनले भनिन् ‘केही समय पढाइमा दिनुपर्ने भएकोले अभिनय गरिन ।’
तेरिया फिल्म ‘मितज्यू’ एक ट्याक्सी ड्राइभरको कथा भएको बताउँछिन् । ‘फिल्मको कथा ट्याक्सी ड्राइभर भएपनि यो सबैले हेर्ने र रमाइलो बनेको छ’, उनी थप्छिन् ‘सबै वर्गका दर्शकका लागि फिल्म उपयुक्त छ ।’ फिल्म दर्शक र बजारको मनोविज्ञानलाई बुझेर निर्माण भएको उनको धारणा छ ।
फिल्म अनिल बुढा मगरको निर्देशनमा बनेको हो । फिल्ममा तेरियासँगै सौगात मल्ल, दयाहाङ राई खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ । फिल्मलाई जनक घर्तीमगरले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण