वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
सारांश
- देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
- उदयपुरको दलदलेमा बाढीले सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने बीपी राजमार्गको केही खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।
- सुरक्षा निकायको समन्वयमा कान्तिलोकपथ, पृथ्वी राजमार्ग, मध्य पहाडी लोकमार्ग र कोशी राजमार्गका केही खण्डहरू एकतर्फी रूपमा सुचारु गरिएका छन् ।
काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने अधिकांश स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेका छन्।
उदयपुरस्थित कटारी नगरपालिका–१४, दलदलेमा असार २६ गते आएको बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै काभ्रेपलाञ्चोक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा साँझ ५:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
विभिन्न स्थानमा पहिरो र बाढीका बाबजुद पनि सुरक्षा निकायको समन्वयमा केही राजमार्गहरू एकतर्फी रूपमा सुचारु गरिएका छन् । ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ असार २५ गतेदेखि एकतर्फी सञ्चालनमा छ। तनहुँको आँबुखैरेनी–४ डम्पिङस्थित पृथ्वी राजमार्ग पनि एकतर्फी सुचारु छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित सडक खण्डहरू पनि एकतर्फी मात्र खुलेका छन्। भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग र संखुवासभाको मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्गमा पनि एकतर्फी सवारी आवागमन भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण