मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘लालीबजार’ चलचित्रविरुद्ध वादी समुदाय आन्दोलित, प्रतिबन्धको माग गर्दै प्रदर्शन

आइतबार, २७ वैशाख २०८३, १४ : ११
आइतबार, २७ वैशाख २०८३

सारांश

  • वादी समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी निर्माण गरिएको भन्दै 'लाली बजार' चलचित्रविरुद्ध प्रदर्शन भएको छ ।
  • उनीहरूले वादी समुदायको इतिहासलाई बङ्ग्याएर नकारात्मक भ्रम फैलाउन खोजेको आरोप लगाउँदै चलचित्रको निर्माण र प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।
  • प्रदर्शनकारीहरूले चलचित्रले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका छन् ।

काठमाडौँ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी निर्माण गरिएको भन्दै ‘लाली बजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् । 

badi-prasarsan (1)

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे । चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् ।  तस्बिर : न्युज एजेन्सी नेपाल

badi-prasarsan (3)badi-prasarsan (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप