आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार

आइतबार, २७ वैशाख २०८३, १८ : ०७
आइतबार, २७ वैशाख २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ । 

निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सात वटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न र केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप