दोहा नजिकै मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा
सारांश
- कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एक मालवाहक जहाजमाथि भएको ड्रोन हमलाको कतारको विदेश मन्त्रालयले निन्दा गरेको छ ।
- मेसाईद बन्दरगाहको उत्तर(पूर्वमा आइतबार बिहान भएको उक्त हमलामा जहाजमा सामान्य आगलागी भए पनि कोही घाइते नभएको विज्ञप्तिमा जनाइएको छ ।
- कतारको विदेश मन्त्रालयले यस हमलालाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन र खतरनाक कदम बताएको छ ।
काठमाडौँ । कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त हमलाको निन्दा गरेको छ ।
कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतार त्यस ड्रोन हमलाको कडा निन्दा गर्दछ, जसमा आइतबार बिहान मेसाईद बन्दरगाहको उत्तर(पूर्वमा कतारको जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाइएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस हमलाका कारण जहाजमा सामान्य आगलागी भएको थियो, तर कोही पनि घाइते भएको रिपोर्ट छैन ।’ कतारको विदेश मन्त्रालयले यस हमलालाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन बताएको छ। साथै, यस कार्यलाई खतरनाक र तनाव बढाउने कदमको रूपमा व्याख्या गरिएको छ ।
यसअघि फार्स न्युज एजेन्सी र इरानको सरकारी समाचार एजेन्सीले कतार नजिकै एउटा अमेरिकी मालवाहक जहाजलाई निशाना बनाइएको दाबी गरेका थिए । दुवै समाचार एजेन्सीहरूले उक्त जहाजको स्वामित्व अमेरिकासँग रहेको र त्यो अमेरिकी झण्डा प्रयोग गरी यात्रा गरिरहेको दाबी गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण