टर्किस एयरको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल खुल्यो, यात्रुको घुइँचो (तस्बिरहरु)
सोमबार, २८ वैशाख २०८३, ०८ : ५०
सारांश
- टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पुनः सञ्चालनमा आएको छ।
- अवतरणका क्रममा टायरमा आगो देखिएपछि करिब डेढ घण्टा विमानस्थल अवरुद्ध भएको थियो।
- विमानस्थल खुले पनि ढिलाइका कारण यात्रुहरू मर्कामा परेका छन्।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालनमा आएको छ।
सोमबार बिहान इस्तानबुलबाट आएको फ्लाइट नम्बर टीके-७२६ को जहाज अवतरण गर्ने क्रममा टायरमा आगोको मुस्लो देखिएपछि विमानस्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो।
दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिएर जहाजलाई ट्याक्सी वेबाट हटाएपछि करिब डेढ घण्टापछि विमानस्थल खुलेको हो। लामो समय उडान र अवतरण प्रभावित हुँदा विमानस्थलमा यात्रुहरूको निकै ठूलो भिड लागेको छ।
यसैबीच, सोही एयरलाइन्सको इस्तानबुलका लागि बिहान ८:१० बजे उड्नुपर्ने उडान नम्बर टीके-७२७ भने प्रतिकूल परिस्थितिका कारण रद्द गरिएको विमानस्थल स्रोतले जनाएको छ।
हाल विमानस्थलमा उडान सेवा सुचारु भए पनि ढिलाइका कारण यात्रुहरू मर्कामा परेका छन्।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण