बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रथम नायिका चैत्यदेवी, भुवन र बसुन्धरा भिडियोमा

मङ्गलबार, २२ साउन २०७५, ११ : ४४
मङ्गलबार, २२ साउन २०७५

काठमाडौं – पहिलो नेपाली नायिका भुवन चन्द, पहिलो रङ्गीन चलचित्रकी नायिका चैत्यदेवी, हाँस्य सम्राज्ञी बसुन्धरा भुसाल, अभिनेत्री रुपा राना, सारिका घिमिरे एउटै भिडियोमा देखिएका छन् । रंगपत्रकार गीता अधिकारीको गीत ‘एतै घमाइलो उतै घमाइलो’को म्युजिक भिडियोमा यी कलाकार एकसाथ देखिएका हुन् ।

सोमबार राजधानीमा एक कार्यक्रम सहित गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो पहिलो महिला सभामुख ओनसरी घर्तीले सार्वजनिक गरिन् । 

कार्यक्रममा घर्तीले तिज गति बजारमा धेरै आए पनि गीताको गीतले अन्य भनदा फरक रहेको बताइन् । गीत जागर ल्याउनले खालको भएको उनको भनाई रहेको थियो् ।

नेपाल पत्रकार महासंघ काठमाडौंका साखाका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले गीतको सफलताका लागि शुभकामना दिए ।

अभिनेत्री समेत रहेकी सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदीप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको छ । गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । वल्र्ड कभर मिडिया प्रा.लिको पोष्टप्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप