बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

‘रोजी’को गीत : ‘‘फूल हैन’मा प्रदीप–मिरुनाको रोमान्स

मङ्गलबार, २२ साउन २०७५, ११ : ५१
मङ्गलबार, २२ साउन २०७५

काठमाडौ – पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर अभिनित चलचित्र रोजी प्रदर्शनका लागि तयार भएको छ । 
निर्माण युनिटले चलचित्रको प्रदर्शन मिति २२ भदौ तोक्दै एक गीत समेत सार्वजनिक गरेको छ । 

‘फूल हैन...’बोलको सार्वजनिक गीतमा प्रदीप र मिरुनाको रोमान्स देख्न सकिन्छ । टर्कीको पर्यटकिय थलो इस्तानबुल, साल्टलेक र कोनियामा छायाँकन गरिएको गीत आकर्षक बनेको छ ।

एलिस कार्कीको संगीत रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन गीतमा छ । 

‘वेस्टर्न र नेपाली टोनलाई मिश्रण गरेर गीत तयार पारेको संगीतकार कार्कीले बताए । उनले भने ‘रोमान्टिक र लभस्टोरी मुडअनुसारको लोकेसनले गीतलाई अझै राम्रो तुल्याएको छ ।’

क्राइम थ्रीलर र रोमान्टिक जनरको चलचित्र नीरक पौडेलले निर्देशन गरेका हुन् । पौडेलको यो तेस्रो प्रोजेक्ट हो । अनुप सापकोटाको कथा र केदार भुषालको पटकथारहेको चलचित्रमा प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । 

प्रदीप र मिरुनाको अलवा चलचित्रमा परमिता राणा मुख्य भूमिकामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप