संसद् बैठक
प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस
सोमबार, २८ वैशाख २०८३, १४ : ५०
सारांश
- प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेश गरेका छन् ।
- सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेश गरेका हुन् ।
- समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।
काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् ।
गत चैत २३ गतेको प्रतिनिधिसभाको बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सोहीअनुसार समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।
यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यको मनोनयनसमेत गरिएको छ ।
यसैबीच, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदन भएको छ । योसँगै संसद्को अधिवेशन सञ्चालन नभएको अवस्थामा सभाका विभिन्न समितिका सदस्यको नामावली हेरफेर गर्ने निर्णय अनुमोदन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण