बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
केन्द्रीय सदस्य मनोनीत

यी हुन् कांग्रेस केन्द्रीय समितिमा मनोनीत देउवा समूहका १२ र शेखर समूहका ७ जना

सोमबार, २८ वैशाख २०८३, १७ : ५९
सोमबार, २८ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा १२ जना देउवा समूह र ७ जना शेखर समूहका सदस्यलाई मनोनीत गरेका छन् ।
  • सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
  • मनोनीत हुनेहरूमा महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुङ्गाना, नागिना यादव, डा. जीवन राना, सीता थपलिया, जीवन परियार, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा.चन्द्रकान्त भण्डारी, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला रहेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा. शेखर कोइराला समूहका ७ जना छन् । 

सभापति थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

मनोनीत हुने महेन्द्र यादव (धनुषा), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी),राजीव ढुङ्गाना ( सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) छन् । यादव १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका नेता हुन् । 

त्यस्तै डा. शेखर समूहबाट केन्द्रीय सदस्य मनोनीत हुनेमा जीवन परियार (कास्की) सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा.चन्द्रकान्त भण्डारी ( गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) र दिनेश कोइराला (चितवन) छन् । परियार १४ औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप