बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
केन्द्रीय सदस्य मनोनीत

देउवा र शेखर समूहका १९ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

सोमबार, २८ वैशाख २०८३, १७ : ५६
सोमबार, २८ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
  • नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।
  • मनोनित हुने १९ जना केन्द्रीय सदस्यहरूमा महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला लगायत छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम देहायका महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यी हुन केन्द्रीय सदस्य मनोनित हुनेहरू

  • श्री महेन्द्र यादव — धनुषा
  • श्री जीवन परियार — कास्की
  • श्री उमेश श्रेष्ठ — चितवन
  • श्री रमेश रिजाल — पर्सा
  • श्री सुजाता कोइराला — मोरङ
  • श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला
  • डा. चन्द्रकान्त भण्डारी — गुल्मी
  • श्री अजयकुमार चौरसिया — पर्सा
  • श्री लक्ष्मी परियार — उदयपुर
  • श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु
  • श्री दिनेशकुमार यादव — सप्तरी
  • श्री राजीव कोइराला — सुनसरी
  • श्री राजीव ढुंगाना — सुनसरी
  • प्रा.डा.गोविन्दराज पोखरेल — प्यूठान
  • श्री सुशिला मिश्र भट्ट — कैलाली
  • श्री नागिना यादव — महोत्तरी
  • श्री दिनेश कोइराला — चितवन
  • डा. जीवन राना — कैलाली
  • श्री सीता थपलिया (उर्मिला) — धादिङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप