एसईई उत्तीर्णको उमेर, नाम र थर फरक परेमा के गर्ने ?
सारांश
- एसईई नतिजामा नाम, थर वा जन्म मिति फरक परेमा राष्ट्रिय परीक्षा बोर्डले दुई विकल्प दिएको छ ।
- प्रवेश पत्रमा विवरण सही भएमा सोही अनुसार सच्याउन सकिनेछ ।
- प्रवेश पत्रमै त्रुटि भएमा ५ वर्षभित्र सीडीओको फैसलासहित निवेदन दिनुपर्नेछ ।
काठमाडौँ । एसईईको नतिजा आउँदा कतिपय परीक्षार्थीको नाम, थर वा जन्म मिति फरक पर्ने समस्या देखिन्छ । यस्तो अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले दुई वटा विकल्प दिएको छ ।
पहिलो विकल्पमा यदि नतिजामा मात्र विवरण फरक परेको हो तर प्रवेश पत्रमा सही छ भने बोर्डको साबिककै व्यवस्थाअनुसार प्रवेश पत्रका आधारमा विवरण सच्याउन सकिनेछ ।
दोस्रोमा यदि प्रवेश पत्रमै नाम, थर वा जन्म मिति गलत छ भने त्यसलाई सच्याउन नतिजा प्रकाशन भएको ५ (पाँच) वर्षभित्र आवेदन दिइसक्नुपर्नेछ । यस्तो अवस्थामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को फैसला पर्चा अनिवार्य चाहिने बोर्डले जनाएको छ ।
सीडीओ कार्यालयबाट विवरण सच्याउने निर्णय गराएपछि सोही फैसलाका आधारमा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर आफ्नो विवरण सच्याउन सकिने बोर्डले जनाएको छ ।
यस्तै, प्राविधिक कारणले कतै त्रुटि देखिएमा बोर्डको मूल अभिलेखबाट रुजु गरी सच्याइने विज्ञप्तिमा उल्लेख छ । नतिजा नखुलेको अवस्थामा वा अन्य प्राविधिक समस्या भएमा विद्यार्थीले प्रवेश पत्रको प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय एकाइ वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण