अपडेट
प्रधानमन्त्रीको बचाउमा लेखिएको सल्लाहकारको स्ट्याटस एकाएक गायब
सोमबार, २८ वैशाख २०८३, २२ : ५३
सारांश
- प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्रीको बचाउमा लेखेको फेसबुक स्ट्याटस एकाएक गायब भएको छ ।
- राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह बैठक हलबाट बाहिरिएपछि उनी आलोचित भएका थिए ।
- आलोचनालाई रोक्ने उद्देश्यले स्वास्थ्य समस्याको दाबीसहित लेखिएको स्ट्याटस केही मिनेटमै हटाइएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले सोमबार राति प्रधानमन्त्रीको बचाउमा लेखेको फेसबुक स्ट्याटस एकाएक गायब भएको छ ।
उनले स्ट्याटस डिलेट गरेका हुन् या कुनै समस्या आएको हो भन्नेबारे खुल्न सकेको छैन ।
प्रधानमन्त्री शाह आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला बैठक हलबाट बाहिरिएका थिए । उक्त घटनापछि बालेन आलोचित भएका छन् । सोही आलोचनालाई पर्गेल्ने उद्देश्यका साथ शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको दाबीसहित बचाउमा स्ट्याटस लेखेपनि केही मिनेटमै उनको फेसबुकबाट गायक भएको हो ।
शाहको उक्त हर्कतको एमाले र कांग्रेसले समेत विरोध गरेका छन् । स्ट्याटस हटाइएको लगायतका विषयमा बुझ्न साहलाई बुझ्न फोन सम्पर्क गर्दा उनले उठाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण