राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यसकारण बिचमै बाहिरिए प्रधानमन्त्री बालेन
सोमबार, २८ वैशाख २०८३, २१ : १८
१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रममा सहभागी रहेका प्रधानमन्त्री बालेन शाह भने बिचमै बाहिरिएपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो।
यस विषयमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले स्पष्ट पारेका छन् । प्रमुख राजनीतिक सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले केही समय विश्राम लिनुपरेको बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण