नीति तथा कार्यक्रममाथि आचार्यको टिप्पणी : बीआरटी र रेलमार्गको वर्तमान ढाँचामा प्रश्न
सारांश
- पूर्वाधारविद् डा. सूर्यराज आचार्यले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका पूर्वाधारका विषयमा प्रश्न उठाएका छन्।
- उनले एकीकृत यातायात गुरुयोजनाको सोच सही भए पनि काठमाडौँमा बीआरटी र रेलमार्गको वर्तमान कार्यदिशामाथि प्रश्न उठाएका छन्।
- डा. आचार्यले काठमाडौँजस्तो साँघुरो सडक संरचना भएको सहरमा बीआरटीले समस्या सुल्झाउनुको सट्टा ट्राफिक अवस्थालाई थप जटिल बनाउने जोखिम औँल्याएका छन्।
काठमाडौँ । पूर्वाधारविद् डा. सूर्यराज आचार्यले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका पूर्वाधारका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै एकीकृत यातायात गुरुयोजनाको सोच सही भए पनि काठमाडौँमा बीआरटीको प्रस्ताव र रेलमार्गको वर्तमान कार्यदिशामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै डा. आचार्यले सडक, रेल, जल, रोपवे र हवाई यातायातलाई समेटेर ‘एकीकृत राष्ट्रिय यातायात गुरुयोजना’ बनाउने सरकारको नीतिलाई सकारात्मक रूपमा लिएका छन्। यद्यपि, यस्तो गुरुयोजना केवल कागजमा सीमित नभई आयोजना छनोट र लगानीको प्राथमिकता निर्धारणमा समेत यसैले निर्देश गर्नुपर्ने र यसको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिएका छन्।
काठमाडौँमा ‘बस र्यापिड ट्रान्जिट (बीआरटी)’ को विस्तृत डिजाइन र कार्यान्वयन गर्ने सरकारी प्रस्तावलाई भने डा. आचार्यले अनुपयुक्त ठहर गरेका छन्। अन्तर्राष्ट्रिय अनुभव र केही दातृ निकायका प्रतिवेदनका दाबीहरू सबै ठाउँमा मेल नखाने तर्क गर्दै उनले काठमाडौँजस्तो साँघुरो सडक संरचना भएको सहरमा बीआरटीले समस्या सुल्झाउनुको सट्टा विद्यमान ट्राफिक अवस्थालाई थप जटिल बनाउने जोखिम औँल्याएका छन्।
काठमाडौँको सडकमा बीआरटी भन्दा परम्परागत बस सेवालाई व्यवस्थित र सुविधाजनक बनाउने अन्य व्यावहारिक विकल्पहरूमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
त्यसैगरी, पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्यलाई अहिलेकै डिजाइनमा अगाडि बढाउन नहुने धारणा उनले राखेका छन्। यसको विस्तृत प्राविधिक समीक्षा गरेर मात्र निर्माण प्रक्रिया थाल्नु उचित हुने उनको तर्क छ।
केरुङ–काठमाडौं र रक्सौल–काठमाडौँ रेलमार्ग अगाडि बढाउने सरकारी नीतिलाई सही दिशाको कदम माने पनि रक्सौल–काठमाडौं रेलमार्गको प्रतिवेदनमाथि गम्भीर प्राविधिक पुनरवलोकन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : पदाधिकारीकाे मतदान सकिएपछि विवाद, ढोका बन्द भएपछि प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण