राष्ट्रियसभा दलको नेता फेर्ने निर्णय मूर्खताको पराकाष्ठा होः कृष्णप्रसाद सिटौला
सारांश
- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेता परिवर्तन गर्ने पार्टीको निर्णयलाई मूर्खताको पराकाष्ठा भनेका छन् ।
- गत वैशाख १६ गतेको बैठकले सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता नियुक्त गरेको थियो ।
- उनले पार्टीलाई एकताबद्ध बनाउन र आगामी कार्यदिशा तय गर्न देशभरका कार्यकर्ताको सुझाव लिने काम भइरहेको जानकारी दिए ।
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेता परिवर्तन गर्ने पार्टीको निर्णयलाई ‘मूर्खताको पराकाष्ठा’ को संज्ञा दिएका छन् ।
विराटनगरमा मंगलबार आयोजित संस्थापन इतर पक्षको भेलामा सहभागी हुन आएका सिटौलाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
गत वैशाख १६ गते बसेको कांग्रेसको बैठकले सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाएर उनको ठाउँमा सांसद कमला पन्तलाई नियुक्त गरेको थियो । आफ्नै पार्टीको उक्त कदमप्रति असन्तुष्टि पोख्दै सिटौलाले नेतृत्वको उक्त निर्णय विवेकपूर्ण नभएको बताए ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा गम्भीर छलफल भइरहेको समेत जानकारी दिए । ‘पार्टी एकढिक्का हुनुपर्छ भन्ने भावनाका साथ अहिले जिल्ला–जिल्लामा गएर छलफल र राय संकलन भइरहेको छ,’ उनले भने, ‘पार्टीको आगामी कार्यदिशा रोडम्याप तयार पार्न देशभरका कार्यकर्ताहरूको सुझाव लिने काम भइरहेको छ ।’
कांग्रेसभित्र मौलाएको गुटबन्दी र भेलाका सम्बन्धमा सोधिएको प्रश्नमा सिटौलाले यसलाई स्वभाविक प्रक्रियाको रूपमा चित्रण गरे । ‘पार्टीमा गुटगत भेला हुने कुरा नयाँ होइन, यो पहिले पनि हुने गरेको थियो र अहिले पनि भइरहेको छ,’ उनले थपे, ‘अहिले भइरहेका भेलाहरूबाट प्रतिनिधिमूलक र रचनात्मक सुझावहरू प्राप्त भइरहेका छन्, जसले पार्टीलाई बलियो बनाउन मद्दत पुग्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
-
बागमतीको पूर्वाधार योजनाः प्रादेशिक सडकमा ७ अर्ब १० करोड बजेट
-
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण