मधेस प्रदेशसभा सदस्यमा राप्रपाबाट सरिता ठाकुर सिफारिस
मङ्गलबार, २९ वैशाख २०८३, २० : ५१
धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ ।
पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएको थियो । त्यससम्बन्धी विवादमा परेको रिट निवेदन अदालतले खारेज गरेपछि बिच्छा पदमुक्त भएकी थिइन् ।
बिच्छा पदमुक्त भएपछि रिक्त रहेको समानुपातिकतर्फको सदस्य पदपूर्तिका लागि निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र सोही ‘क्लस्टर’अन्तर्गतको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले प्रदेशसभा सदस्य पद रिक्त भएको संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार नयाँ नाम सिफारिस गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण