रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।
रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । मूल आयोजक समितिमा हाललाई केन्द्रीय समितिमा रहने कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।
यस्तै, महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरेको उनले जानकारी दिइन् । अधिकारीका अनुसार उपसमितिको संयोजक तोकिएको छैन । ‘केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको छ । सभापतिको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । साथै, महाधिवेशनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति गठन भएको छ’, रातोपाटीसँग अधिकारीले भनिन् ।
बैठकले विभिन्न उपसमिति गठन गरेको छ । प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण