मनसुन जोखिमबिच श्रीलङ्कामा डेङ्गुका घटना बढ्दै
श्रीलङ्का । श्रीलङ्कामा चालु वर्षको मे महिना सम्म २७ हजार ७५४ डेंगुका घटना दर्ता भएको जनाउदै १४ जनाको डेंङ्गु संकमणका कारण मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुका अनुसार श्रीलङ्काका २५ वटै जिल्ला सङ्क्रमण फैलिएको छ ।
राष्ट्रिय डेंगु नियन्त्रण एकाईले सन् २०२५ को तुलनामा यस वर्षको हाल सम्म पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ । सबैभन्दा धेरै सङ्क्रमण पश्चिमी प्रान्तबाट रिपोर्ट गरिएको छ भने मातारा, गाले, रत्नपुरा, कालुतारा र क्यान्डीमा पनि सन् २०२६ को पहिलो चार महिनामा डेङ्गु संक्रमणको उच्च सङ्ख्या रेकर्ड गरेका छन् ।
राष्ट्रिय डेंगु नियन्त्रण एकाईका सामुदायिक चिकित्सा विशेषज्ञ प्रिसिला समरवीराले स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मनसुनको वर्षा सुरु हुँदा सङ्क्रमण अझै बढ्न सक्ने बताए।
विद्यालय, कार्यस्थल, धार्मिक संस्था र सरकारी तथा निजी संस्थाहरूमा डेङ्गुका लामखुट्टेको प्रजनन बढेको अधिकारीहरूले बताएका छन् । डेङ्गु रोकथाममा कडा सार्वजनिक सहयोगको आवश्यकतालाई जोड दिँदै फोहोरको उचित व्यवस्थनपनको अभावले संक्रमण दिनानुदिन बढी रहेको जनाइएको छ ।
श्रीलङ्काका नागरिकहरुलाई ज्वरोसँगै मांसपेशी दुख्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता कम्तिमा दुईवटा लक्षणहरू देखा परेमा ढिलाइ नगरी चिकित्सा सहायता लिन सल्लाह दिइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण