मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

१०औँ रारा पोखरा स्पोर्ट्स अवार्ड : सुस्मा तामाङलाई स्पेसल अवार्ड

बिहीबार, ३१ वैशाख २०८३, १७ : ४१
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • पोखरामा आयोजित दसौँ रारा पोखरा स्पोर्टस् अवार्डमा दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरिएको छ ।
  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित कार्यक्रममा पारा खेलाडी तामाङलाई नगद ३५ हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र दिइएको हो ।
  • लमजुङकी तामाङले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरु गरेकी थिइन् र उनको अन्तर्राष्ट्रिय यात्रा सन् २०१९ मा पाकिस्तानविरुद्ध सुरु भएको थियो ।

पोखरा । दृष्टिविहीन क्रिकेट खेलाडी सुस्मा तामाङले १०औँ रारा पोखरा स्पोर्टस् अवार्ड अन्तर्गतको स्पेसल अवार्ड प्राप्त गरेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा पारा खेलाडी तामाङलाई अवार्ड प्रदान गरिएको हो ।

उनले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्राप्त गरेकी छिन । लमजुङमा जन्मिएकी तामाङले १२ वर्षको कलिलो उमेरदेखि नै क्रिकेटको ब्याट र बल समाउन सुरु गरेकी थिइन् ।

सुस्माको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सन् २०१९ मा पाकिस्तान विरुद्धको खेलबाट सुरु भएको थियो । त्यसपछि सन् २०२३ मा घरेलु मैदानमा भारतसँगको प्रतिस्पर्धाले उनलाई थप निखार्ने अवसर दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप